नियम
बोर्डको काम, कर्तव्य र अधिकार
ःऐनको दफा ५ मा उल्लेख भएका काम, कर्तव्यको अतिरिक्त धितोपत्र बोर्डको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ः–
(क) धितोपत्र कारोबार सम्बन्धी नेपाल सरकारको नीतिलाई कार्यान्वयन गर्ने, गराउने,
(ख) धितोपत्र कारोबारलाई नियमित र व्यवस्थित बनाउन धितोपत्र बजार तथा धितोपत्र व्यवसायीको कार्य सञ्चालन व्यवस्था तथा काम कारवाही सम्बन्धी कार्यको रेखदेख तथा सुपरीवेक्षण गर्ने ।
(ग) धितोपत्र व्यवसायीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्दा पालना गर्नुपर्ने शर्तहरू तोकिदिने ।
(घ) धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरूले धितोपत्र विनिमय सम्बन्धी कारोबार गर्दा पालना गर्नुपर्ने शर्तहरू तोकिदिने ।
(ङ) धितोपत्र बजारको विनियमावली स्वीकृत गर्ने ।
(च) बोर्डको निमित्त आवश्यक कर्मचारीको दरबन्दी स्वीकृत गर्ने तथा नियुक्ति गर्ने ।
(छ) धितोपत्र दर्ता वा सूचीकरण गराएका संगठित संस्थाहरूसँग आवश्यकता अनुसार सूचना, तथ्यांक वा विवरण प्राप्त गर्ने र लगानीकर्ताले हेर्न चाहेमा हेर्न सक्ने व्यवस्था मिलाउने ।
(ज) धितोपत्र बजारलाई स्वस्थ्य, प्रतिस्पर्धात्मक, नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने,